युवा संगठन नेपाल, बबई गाउँ कमिटीको प्रथम सम्मेलन सम्पन्न

कमलको नेतृत्वमा ११ सदस्यीय गाउँ कमिटी चयन

युवा संगठन नेपाल, बबई गाउँ कमिटीको प्रथम सम्मेलन सम्पन्न

फागुन १८ / हेमन्त प्रकाश वली, दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, दाङ जिल्ला अन्तर्गत बबई गाउँपालिकाको प्रथम गाउँ कमिटी सम्मेलन सम्पन्न भएको छ ।

गाउँ कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनिलले एकीकृत जनक्रान्तिको कार्यदिशाले अधुरो र अपूरो क्रान्ति सम्पन्न गर्ने नयाँ आधार बनेको र त्यसै अनुरुप हजारौ युवाहरु यो आन्दोलनमा सहभागी बनेको बताउनुभयो । उहाँले युवाहरुलाई वर्गीय मुक्ति, समानता र सबैखाले उत्पीडनका विरुद्धको लडाइँमा रत्तिभर विचलित नहुन आग्रह गर्नुभयो ।

सम्मेलनले कमलको नेतृत्वमा ११ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । 

युवा संगठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा संगठन नेपाल दाङ जिल्ला संयोजक मनोज, नेकपा शान्ति नगर इन्चार्ज विजय, नेकपा बबई गाउँपालिका इन्चार्ज प्रतिरोधको सहभागिता थियो भने कार्यक्रमको अध्यक्षता कमलले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल, बबई गाउँपालिका कमान्ड इन्चार्ज शरदले गर्नुभएको थियो ।