चैत्र १, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज फिल्टर आइतबार रिहा भएका छन ।
सरकार र नेकपाबीच वार्ताको प्रसंग चलिरहेको बेला इन्चार्ज फिल्टरलाई गत फागुन १३ गते पार्टी कामको सिलसिलामा सामान्य अवस्थामा रहेको बेलामा म्याग्दीको मालिका गाउँपालिकाको रूम गाउँबाट दिउँसो ४:३० मा प्रहरीले पक्राउ गरेको थियो ।
इन्चार्ज फिल्टर गाउँपालिकाको एक विद्यालयमा शिक्षक कर्मचारीहरुसँग छलफल गरिरहेको बेला पक्राउ परेका थिए ।
फागुन २१ गते सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति अन्तरगत सरकारले नेकपाका बन्दी नेता तथा कार्यकर्ताहरूलाई रिहाई गर्ने र सम्पूर्ण मुद्धाहरू खारेज गर्ने निर्णयअनुसार नेकपाका नेता तथा कार्यकर्ताहरू रिहाई र्भइरहेका छन । र अन्य सम्पूर्ण बन्दी नेता तथा कार्यकर्ताहरू पनि रिहाई हुने प्रक्रिया भईरहेको नेकपाले बताएको छ ।
नेकपाका नेता माइला लामा, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, ‘विरगन्ज’ लगायत थुप्रै नेता तथा कार्यकर्ताहरूले अझै पनि बन्दी जीवन बिताइरहेका छन ।
सम्बन्धित खवर
नेकपा कास्कीद्वारा सुकुमबासी बस्तीमा राहत वितरण
भलाई कोषमा ७५ जनाद्वारा रक्तदान
अखिल (क्रान्तिकारी) नवलपुरद्वारा रक्तदान
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्