रूपन्देहीमा सहिद स्मृति दिवस तथा ११ औं शिक्षक दिवस सम्पन्न

समसामयिक शैक्षिक तथा पेशागत सवालमा समिक्षा

रूपन्देहीमा सहिद स्मृति दिवस तथा ११ औं शिक्षक दिवस सम्पन्न

चैत ९, बुटवल । अखिल नेपाल शिक्षक संगठन ,रुपन्देहीले शिक्षक सहिद खडक बहादुर देवकोटा स्मृति दिवस तथा वलिदान दिवसमा सहिदहरुको सम्झना गर्दै  सहिद स्मृति दिवस तथा ११ औं शिक्षक दिवस सम्पन्न  तथा समसामयिक शैक्षिक तथा पेशागत सवालमा समिक्षा गरेको छ । 

अखिल नेपाल शिक्षक संगठन ,रुपन्देहीको आयोजनामा रहेको कार्यक्रममा विभिन्न वक्ताहरूले संगठनमा आबद्ध रहेर सहिदहरूको सुन्दर सपनाहरू पूरा गर्नको निमित्त जस्तोसुकै कठिन र अप्ठ्यारा परिस्थितीहरूको पनि सामना गर्ने बताएका थिए । साथै शैक्षिक क्षेत्रमा देखिएका विभिन्न माफियाकरण, व्यापारिकरणको पनि अन्त्य गर्ने समेत बताएका थिए । 

संगठनका जिल्ला उपाध्यक्ष अर्जुन प्रसाद पोख्रेलको अध्यक्षता , जिल्ला सचीव दिपक बन्जाडेको संचालन र उपाध्यक्ष दिलिप बेलवासेको स्वागत रहेको उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष घनस्याम पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।