Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
नेकपा मकवानपुरको १६ औं पूर्ण बैठक सम्पन्न - Janabato

नेकपा मकवानपुरको १६ औं पूर्ण बैठक सम्पन्न

दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनका लागि कार्य विभाजन

नेकपा मकवानपुरको १६ औं पूर्ण बैठक सम्पन्न

 बैशाख ३, बुटवल । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको १६ औं पूर्ण बैठक बिहीबार हेटौंडामा बसेको छ। नारायणी व्युरो सदस्य तथा मकवानपुरको जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आतिथ्यता, व्युरो सदस्य प्रेमको विशेष आतिथ्यता र अन्य अतिथिहरुको उपस्थितिमा बैठक बसेको हो।

बैठकमा सबै जिल्ला समिति सदस्यहरुले आ)आफ्नो तहबाट रिपोर्ट राखेका थिए भने बैठकका प्रमुख अतिथि वाटरले रिपोर्टको जवाफसहित भाव सम्प्रेषण गरेका थिए।

साथै नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच वार्ता भए पश्चात  विसित भएको परिस्थिति लगायतका विषयमा उनले स्पष्ट पारेका थिए ।

त्यस्तै गरी वैशाख १५ देखि १७ गतेसम्म हुन लागेको दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन सफल पार्न कार्य विभाजन गरी पार्टीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न समेत अनुरोध गरेका छन् । जिल्ला सेक्रेटरी सूर्य अर्यालको अध्यक्षतामा बसेको बैठक विभिन्न निणर्य सम्पन्न भएको छ ।