बुटवल । नेपाल कम्युनिस्ट पार्टीले मङ्गलबार सम्पन्न दशौँ पूर्ण बैठकले गरेको निर्णयहरूबारे बाहिर आएका सबै सूचनाहरूलाई आधिकारिक रुपमा नबुझ्न आग्रह गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले बिहिवार सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत् भनेका छन्, ‘नेकपाको दशौं पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठकले गरेका निर्णयहरू आधिकारिक रुपमा बाहिर नल्याइसकेको स्थितिमा बाहिर आएका सबै सूचनाहरूलाई आधिकारिक रुपमा नबुझ्न अनुरोध गर्दछौँ ।’
पार्टीमाथिको सरकारी प्रतिबन्ध हटेपछि पहिलोपटक कपिलवस्तुमा बसेको नेकपाको दशौँ पूर्ण बैठक बैशाख ९ गते सुरु भई १४ गते मङ्गलबार सम्पन्न भएको थियो । उक्त बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको नयाँ राजनीतिक दस्तावेजमा अग्रगामी राजनीतिक निकासका लागि सबै पक्षसंग संवाद र छलफल गर्ने विषय उललेख छ ।
सम्बन्धित खवर
नेकपा अर्घाखाँची जनश्रमदान अभियानमा !
चिनबाट फर्केका एमबीबीएस विधार्थीहरू आन्दोलित
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्