Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
युवा संगठन नेपाल मकवानपुरद्वारा दीप प्रज्वलन - Janabato
युवा संगठन नेपाल मकवानपुरद्वारा दीप प्रज्वलन

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा संगठन नेपाल मकवानपुरले कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज इन्द्रबहादुर परियार ‘नयन’ र मकवानपुरका पूर्व जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ को विशेष उपस्थिति रहेको थियो । 

नयनले हाल कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राज्यले कोरोना भाइरसले आक्रान्त पारिरहेको यस्तो विषम परिस्थितिमा नेपाली नागरिकको उचित स्वास्थ्य सुरक्षाको व्यवस्था गर्नुको सट्टा निषेधाज्ञा मात्र जारि गरी जनताको जीवनप्रति खेलवाड गरेको बताए । उनले सरकारको यस्तो चरित्रप्रति असन्तुष्टि व्यक्त गरे । उनले राज्यले हाल देशमा उत्पन्न भएको स्वास्थ्य समस्याको तत्काल समाधान गरी नेपाली नागरिकलाई सुखको अनुभूती दिलाउनुपर्ने बताए । साथै आम नेपाली  किसानलाई आवश्यक सम्पूर्ण कृषि सामग्रीको व्यवस्था गर्न र वर्षात्को समयमा भैपरी आउने प्राकृतिक विपत्तिको सामना गर्नका लागि पूर्व तयारिमा जुट्न सरकारसमक्ष अपिल गरे ।

कार्यक्रमको सञ्चालन युवा संगठन नेपाल मकवानपुर जिल्ला अध्यक्ष किरण अर्यालले गरेका थिए ।