Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अनेमसंघ क्रान्तिकारी भन्यो– महिला हिंसा र जातीय विभेदका घटना निन्दनीय - Janabato

अनेमसंघ क्रान्तिकारी भन्यो– महिला हिंसा र जातीय विभेदका घटना निन्दनीय

अनेमसंघ क्रान्तिकारी भन्यो– महिला हिंसा र जातीय विभेदका घटना निन्दनीय

बुटवल । नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले नेपालमा पछिल्लो समयमा एक पछि अर्को गर्दै लगातार भइरहेका महिला हिंसा र जातीय विभेदका घटना निन्दनीय बताउँदै यस किसिमका घटनामा आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धुु चन्दले शनिबार प्रेस जारी गर्दै सो कुरा बताएकी हुन् । अध्यक्ष चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘सुर्खेतमा भएको राउटे युवतीहरुमाथिको यौन हिंसा, सल्यान दार्मा गाउँपालिकामा खिमा खड्का खत्रीको बलात्कार पछि हत्या, काठमाडौँको दक्षिणकालीमा सन्तोषी सुब्बाको विभत्स हत्या, डडेलधुरा पर्शुुराम नगरपालिकामा स्वास्थ्य संस्थाकी कर्मचारी अस्मिता धामीको हत्या जस्ता जघन्य अपराधका घट्ना लगायत दिनहुँ जस्तो सुनिने देखिने हत्या बलात्कार, कुटपीट, मानसिक यातना जस्ता महिला हिंसा र देशकै राजधानी काठमाडौँमा रुपा सुनुवारमाथि गरिएको जातीय विभेदको घट्नाको नेपाली समाजको विद्यमान सामाजिक अवस्था र विकृत मनस्थितिको कुरुप चित्र उजागर गरेको छ । समाजमा घट्ने यस्ता घट्नाहरुमा अधिकांश पीडित पक्ष उत्पीति वर्ग र समुदाय हुनुुले नेपालको राज्यव्यवस्था र सामाजिक संरचना विभेदकारी र उत्पीडनकारी भएको कुरालाई अभिव्यक्त गर्दछ ।’

साथै विज्ञप्तिमा कोरोना महामारी र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट आक्रान्त बनिरहेको नेपाली जनजीवनमा मानव भनिने प्राणीबाट गरिने जस्ता अमानवीय जघन्य अपराधका घट्नाहरुलार्ई न्युनीकरण गर्नु थप घट्ना निम्त्याउन वा अपराधीलाई मलजल गर्नु सरह हुन जाने उल्लेख छ ।