मनोज रावत । डँडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी डँडेलधुराले स्वास्थ्य कार्यालय सहयोगी अस्मिता धामीको हत्याबारे सत्यतथ्य छानबिन गरि जघन्य अपराधमा संलग्न अपराधीलाई छिटो भन्दा छिटो कारबाही गर्न माग गरेको छ ।
नेकपाका जिल्ला सेक्रेटरी विजयले विज्ञप्ति जारी गरी जिल्लाको परशुराम नगरपालिका वार्ड नं. ८ जमरेनी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी अस्मिता धामी असार ५ गते एक समुदायिक वनमा मृत अवस्थामा फेला परेकी बताएका छन् । ‘जमरेनी स्वस्थ्य केन्द्रमा बाँकी रहेको कोरोना खोप जोगबुढा अस्पताल पुर्याउने क्रममा उनको हत्या गरिएको हो ।’ विज्ञप्तिमा भनिएको छ ।
आफू कार्यरत कार्यालयबाट करिब १ घण्टाको दुरीमा परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वन क्षेत्रमा विभत्स रुपमा हत्या गरेको अवस्थामा अस्मिताको शव भेटिएको थियो ।
Tags :
सम्बन्धित खवर
बुटवल युथको आगामी अध्यक्षमा अधिकारी
५ वर्ष अगाडि
राप्ती समाज जापानद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्