Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
नेकपा दोलखाले ‘जनसङ्गठन तथा जनसेवा अभियान’ संचालन गर्ने - Janabato
नेकपा दोलखाले ‘जनसङ्गठन तथा जनसेवा अभियान’ संचालन गर्ने

दोलखा । नेपाल कम्युनिस्ट पार्टी दोलखाले जनसङ्गठन तथा जनसेवा अभियान सुरु गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न बैठकले जिल्लामा जनसङ्गठन तथा जनसेवा अभियान सुरु गर्ने निर्णय गरेको हो । 

बैठकमा उपस्थित नेकपाका केन्द्रीय सदस्य आधारले सहभागीहरुको रिपोर्टिङ, समसामयिक राजनीतिक स्थिति र पार्टी योजनाको बारेमा प्रशिक्षित दिएका थिए । यस्तै केन्द्रीय सदस्य तथा दोलखा–सिन्धुपाल्चोक इन्चार्ज प्रवीणले पनि समसामयिक बिषय र आगामी योजनाको बारेमा प्रशिक्षित गरे । 

बैठकले पार्टी विचार, एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा, वैज्ञानिक समाजवाद, जनमतसंग्रह, जनसङ्गठन, जनसंघर्ष, जनसेवालगायत महत्वपूर्ण विषयमा केन्द्रीत रहेर असार २० देखि भदौ अन्तिमसम्म ‘जनसङ्गठन तथा जनसेवा अभियान’ घनिभूत रूपमा सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी आकाशले जानकारी दिए ।