Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
बुटवल आइपुग्यो कोरोना विरुद्धको खोप - Janabato
बुटवल आइपुग्यो कोरोना विरुद्धको खोप

माघ १२, बुटवल । लुम्बिनी प्रदेशको लागि कोरोना विरुद्धको खोप बुटवल आइपुगेको छ। ३९ हजार ४ सय ९५ जनाको लागी आइतबार मध्यरात खोप बुटवल आइपुगेको र जिल्ला जिल्लामा पठाउने तयारी गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशक दिनेशकुमार चापागाँइले बताए।

अहिले कोरोना विरुद्धको खोप बुटवलको नेपालगञ्ज रोडमा रहेको आपूर्ति व्यवस्थापन केन्द्रमै आवश्यक चिस्यान मापन गरेर राखिएको छ। ‘गयराती १२ बजे हामीले खोप बुझ्यौ। अब वितरण व्यवस्था मिलाउँदै छौं।’ निर्देशक चापागाइँले भने ‘कुन जिल्लालाई कति दिने भनेर त्यही अनुसार प्याकिङ गर्ने र सामाग्री तयार गर्ने काम गर्दैछौं।’ खोप जिल्ला जिल्लामा पठाउन थालिने उनले बताए। 

खोप कार्यान्वयनको सम्बन्धमा आइतबार संघिय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धीत नियकायहरुका बिचमा भर्चुअल माध्यमबाट छलफल भएको थियो। 

आज संघिय सरकारबाट जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरु, अस्पतालका मेडिकल सुपरिटेण्ड, खोप अधिकृत तथा खोप सुपरभाइजरहरुसँग जुममार्फत छलफल गर्ने सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले बताए। प्रदेशका जिल्लाहरुमा यही माघ १४ देख १८ गते खोप कार्यक्रम सुरु गर्ने उनको भनाइ छ। 

प्रदेशका कुन जिल्लामा कति पठाइँदै 

भारत सरकारले उपलब्ध गराएको १० लाख मध्ये ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज लुम्बिनी प्रदेशमा आएको हो । त्यस मध्ये सबै भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ।

बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध हुने छ। त्यसै गरी दाङमा ६ हजार ५ सय ९०, कपिलबस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने छ।

त्यसै गरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० डोज कोरोना विरुद्धको खोप पठाउने तयारी गरिएको छ।