नेकपा बाँकेद्धारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

महासचिव ‘विप्लव’द्धारा हस्ताक्षरित सम्मान पत्र समेत वितरण

नेकपा बाँकेद्धारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

चैत ६, नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी बाँकेले जनयुद्धमा सहादत प्राप्त गरेका महान सहिद तथा बेपत्ता परवारलाई भेटघात तथा सम्मान गरेको छ । 

बिहिवार नेपालगन्जमा एक कार्यक्रमको बीचमा जनयुद्धमा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्दै नेकपा बाँके र नेकपा केन्द्रीय समितिको तर्फबाट महासचिव ‘विप्लव’द्धारा हस्ताक्षरित सम्मान पत्र समेत वितरण गरिएको बताइएको छ ।