बुटवल । नेकपा सिन्धुपाल्चोकले प्रत्येक वर्ष बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप तथा विपत्तिले सिन्धुपाल्चोकबासी जनताको ठूलो जनधनको क्षति हुनुमा राज्यको लापरबाही, नालायकीपन र उदासिनता नै मुख्य कारण भएको बताएको छ ।
नेकपाका सिन्धुपाल्चोक जिल्ला इन्चार्ज प्रवीण र सेक्रेटरी युगिनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विकासको नाममा बिनाश, कमिसनको खेल, प्राकृतिक स्रोत र साधनहरूको अनियन्त्रित दोहन, मापदण्ड विपरीत उद्योग र आयोजनाहरूको निर्माणलगायत कारणहरू देखिएको बताएका छन् ।
विज्ञप्तिमा धनजनको क्षति गर्ने मापढण्ड विपरीत सञ्चालित क्रसर उद्योग, निर्माण गरिएका आयोजनाहरू र नदी दोहन बन्द गर्न माग गरिएको छ । तत्कालीन रुपमा नदी किनारका बस्तीहरूमा दुवैतर्फ जालीपर्खाल (तटबन्ध) निर्माण गर्न माग गर्दै सम्पूर्ण समस्याहरूको सम्बोधन नगरिए जनताको पीडा, विचल्ली, क्षति र जनआक्रोश जनप्रतिरोधमा बदलिने कुरा नेकपा सिन्धुपाल्चोकले बताएको छ ।
सम्बन्धित खवर
नेकपा बेल्डाँडी गाउँ कमिटीको बैठक सम्पन्न
जनपत्रकार संगठन नेपालका उम्मेद्वारहरू चुनावी मैदानमा
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्