अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्धारा संगठन विस्तारलाइ तिव्रता

जिल्लाका विभिन्न विधालयमा संगठन विस्तार

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्धारा संगठन विस्तारलाइ तिव्रता

चैत्र १३, अर्घाखाँची । अखिल (क्रान्तिकारी)अर्घाखाँचीले संगठन सुदृढीकरण तथा विस्तार अभियानलाइ तिव्रता दिएको छ ।

जिल्ला सम्मेलन नजिकिए संगै अर्घाखाँची जिल्लाका विभिन्न विधालयहरूमा पुगि संगठन विस्तार र भेटघाटमा तिब्रता दिइएको छ ।

जस अन्तर्गत आज  डिहिडाँडामा रहेको चन्द्रप्रभा माबी मा कक्षा ११ / १२ मा सुदिप नेपालीको अध्यक्षता २५ सदस्य  र कक्षा ९ / १० मा सुन्दर भाटको अध्यक्षता मा २७ सदस्य  मुल इकाई कमिटी गठन गरिएको छ।

कार्यक्रमममा मन्तब्य राख्दै अखिल (क्रान्तिकारी) का अर्घाखाँची अध्यक्ष नविन  खड्काले  वर्तमान शिक्षा प्रणालीमा देखा परेका समस्याको हल गर्न विधार्थीहरू एकजुट हुनुपर्ने र एकीकृत जनक्रान्तिको अभियान मार्फत,शैक्षिक निति सम्भव भएकोले यस अभियानमा विद्यार्थीहरु सहभागी भएर ईतिहासले दिएको युगिन जिम्मेवारी पुरा गर्नुपर्ने बेला आएकोले यस तर्फ लाग्न सबैलाई आह्वान  गरेका थिए ।

 कार्यक्रमको सञ्चालन जिल्ला सदस्य पदम नेपाली सुनिल नेपालीले गरेका थिए ।