अखिल (क्रान्तिकारी) कञ्चनपुरद्धारा वालपेन्टिङ 

विभिन्न सार्वजनिक स्थानका भित्ताहरूमा नाराहरू लेखेको

अखिल (क्रान्तिकारी) कञ्चनपुरद्धारा वालपेन्टिङ 

महेन्द्रनगर : अखिल (क्रान्तिकारी) कञ्चनपुरले महेन्द्रनगरका विभिन्न सार्वजनिक स्थानका भित्ताहरूमा आइतवार वालपेन्टिङ नाराहरू लेखेको छ । 

विभिन्न स्थानमा वैज्ञानिक समाजवाद जिन्दावाद, दोहोरो परक्षिा प्रणाली अन्त्य गर, समान शिक्षा लागु गर, अखिल (क्रान्तिकारी) जिन्दावाद लगायतका नाराहरू लेखिएको कञ्चनपुर संवाददाता गणेशले जानकार िदिएका छन् । 

भित्ते लेखन कार्यमा कञ्चनपुर जिल्ला संयोजक ललित एसकेको नेतृत्वमा जिल्ला सचिव भरत विक लगायत जिल्ला सदस्यहरूको सहभागिता रहेको थियो ।