बुटवल : अखिल(क्रान्तिकारी) जिल्ला समिति रुकुम (पश्चिम)को सातौं पुर्ण बैठक बिहिवार सम्पन्न भएको छ । संगठनका अध्यक्ष प्रेम प्रशान्त बोहराको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो कार्यालय सदस्य क.विश्व , जिल्ला इन्चार्ज क.चन्द्रबहादुर बुढा , जिल्ला सचिवालय सदस्य क.मोतीराम खड्का ,संगठनका केन्द्रिय सदस्य तथा राप्ती क्षेत्रीय समन्वय समितिका संयोजक दिपक बिष्ट लगायतको आतिथ्यतामा मुसिकोटमा सम्पन्न भएको बताइएको छ ।
संयोजक प्रेम प्रशान्त बोहराले एक प्रेस विज्ञप्ति मार्फत् सातौं पुर्ण बैठकले लिएका महत्वपूर्ण निर्णयहरू सार्वजनिकगरेका छन् ।
निर्णयहरू :
१. संगठनको २७ औं जिल्ला सम्मेल २०७८ बैशाख ०८ गते संसदीय व्यवस्थाको विरुद्ध वैज्ञानिक समाजवादी आन्दोलन बैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २७ औं जिल्ला सम्मेलन“भन्ने मुल नाराका साथ मुसिकोट खलंगामा उद्घाटन र ०९ गते बन्दसत्र ,पत्रकार सम्मेलन र घोषणा कार्यक्रम गर्ने निर्णय लिइएको छ ।
२. क. प्रेम प्रशान्त बोहराको संयोजकत्वमा २७ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।
३.२७ औं जिल्ला सम्मेलन लाई भव्य र ऐतिहासिक बनाउन सम्मेलन सँग सम्बन्धित निम्न उपसमिति गठन गरिएको छ ।
–प्रतिवेदन लेखन उपसमिति –प्रेम प्रशान्त बोहरा,सोम्पाल कामी र धनबहादुर ओली
–व्यवस्थापन उपसमिति – सोम्पाल कामी ,बेगम खड्का ,मुकुन्द रावल ,यमराज डाँगी, उमा बोहरा ,माया महर
–आर्थिक उपसमिति – शोभा डाँगी र गाउँ÷नगर समिति संयोजक
–प्रचारप्रसार उपसमिति – धनबहादुर ओली ,सुष्मा मल्ल,ऐश्वर्य ददेल ,शेरबहादुर बिष्ट
–विद्यार्थी परिचालन तथा स्वयंसेवक उपसमिति – प्रकाश बिक, मिलन पुन, धनराज केसी ,अरुणा बिक, दिपेन्द्र नकाल , गोविन्द पुन
४. जिल्लामा अवैध रूपमा संचालित सम्पुर्ण शैक्षिक संस्थाका विरुद्ध कारबाही गर्ने ÷गराउने निर्णय गरिएको छ।त्यस्तै अधकल्चै रहेको स्यार्पु र त्ल्त् कलेज नामधारी संस्थाको आन्दोलनलाई निर्णायक बनाउने निर्णय गरिएको छ ।
५.मनपरि शुल्क असुली ,ट्युसन मार्फत लुट मच्चाउने ,निजि शैक्षिक संस्थाको धाँधली ,खेताला शिक्षक राख्ने लगायतका सम्पुर्ण शैक्षिक विकृति र विसंगति विरुद्ध जनअनुमोदित संघर्ष गर्ने निर्णय गरियो ।
प्रतिक्रिया राख्नुहोस्