अखिल नेपाल शिक्षक संगठन गोरखाको बैठक सम्पन्न

बेलबहादुर गुरूङको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

अखिल नेपाल शिक्षक संगठन गोरखाको बैठक सम्पन्न

गोरखा : नेकपा निकट अखिल नेपाल शिक्षक संगठन गोरखा जिल्ला समितिको बैठक आइतवार सम्पन्न भएको छ । गोरखा नगरपालिका स्थित अबुवामा बसेको बैठकले बेलबहादुर गुरूङको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको बताइएको छ ।  

बैठकमा नेकपा गोरखा जिल्ला इन्चार्ज कपिल भट्ट ‘प्रतिक’, सेक्रेटरी काजी गुरूङ, शिक्षक संगठनका केन्द्रीय सचिव वीरबहादुर गुरूङ र शिक्षक संगठनका गण्डकी प्रदेश महासचिव राजेन्द्र ढकाल उपस्थित भएको नेकपा गोरखा स्रोतले बताएको छ ।