पुराना वामपन्थी नेता मानन्धरको निधन

९१ बर्षको उमेरमा सोमबार साँझ निधन

पुराना वामपन्थी नेता मानन्धरको निधन

चैत १६, बुटवल । पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत मानन्धरको ९१ बर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । 

 २००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गरेका मानन्धर त्यसको दुई वर्षपछि २००९ सालमा रौतहटको किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिएर राजनीतिको सुरुवात गरेका थिए । 

 उनको दाहसंस्कार मंगलबार बिहान ८ बजे पशुपति आर्यघाटमा गरिने मानन्धरको परिवारले जनाएको छ । मानन्धरका एक छोरा र तीन छोरी छन् ।