Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
मजदुर सङ्गठनद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण - Janabato
मजदुर सङ्गठनद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण

बुटवल । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई मजदुर सङ्घले अहिलेको कोरोना महामारीमा अहोरात सुरक्षामा खटिने सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

का.न.पा. १५ वडामा रहेको स्यम्भू प्रहरी प्रभाग प्रमुख रञ्जीत भट्ट र ट्राफिक प्रहरीको सई किशोर नेपालीको उपस्थितिमा सेनिटाइजर र मास्क हस्तान्तरण गरिएको बताइएको छ ।

हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सरसफाई मजदुर सङ्घका अध्यक्ष रामचन्द्र थापा मगर सोही सङ्घका उपाध्यक्ष जुना दाहाल, महासचिव सिर्जना सिंजापति, विवेक र सन्तोष तिवारी लगायतको उपस्थिति रहेको थियो ।

उक्त स्वास्थ्य सामग्री महासङ्का संयोजक विनोद थापा र उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक शिशिरको उपस्थितिमा हस्तान्तरण गरेको जनबाटोमा प्राप्त समाचारमा जनाइएको छ ।