माघ १८, बुटवल । अखिल(क्रान्तिकारी) रुकुम पश्चिमका जिल्ला अध्यक्ष प्रेमबहादुर बोहोरा सहित जिल्ला कोषाध्यक्ष धनबहादुर ओली, स्थानिय सागर बुढा,अभिषेक बुढा र किरण रसाईली लाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई प्रहरीले आफ्नै कोठामा अध्ययन गरी राखेको समयमा पक्राउ गरेको अखिल(क्रान्तिकारी)का राप्ति क्षेत्रिय समन्वय समितिका संयोजक दिपक विष्टले बताए।
प्रहरीले भने मुसिकोट नगरपालिका १ रावलबाडामा संगठन विस्तार गरी राखेको समयमा सुराकीको आधारमा पक्राउ गरेको जनाएको छ। उनिहरूलाई गत माघ १० गते विद्रोही नेकपाले गरेको नेपाल बन्दमा त्रिवेणी गाउँपालिका ६ विसौनिमा प्रेशर कुकुर बम राखेको आरोपमा पक्राउ गरीएको रुकुम पश्चिमका डिएसपि धुर्वकुमार श्रेष्ठले बताएका छ्न।
यसै बिच अखिल(क्रान्तिकारी) राप्ती क्षेत्रिय समन्वय समितिले बिनाकारण आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ। राप्ती क्षेत्रिय समन्वय समितिका संयोजक दिपक विष्टले आज एक विज्ञप्ती जारी गर्दै आफ्नै कोठामा अध्ययन गरी राखेको समयमा पक्राउ गरेको प्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै बिनाकारण पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका हुन।
प्रतिक्रिया राख्नुहोस्