जनपत्रकार संगठन,पाल्पाकाे प्रथम भेला सम्पन्न

संयाेजकमा किश्मा खड्का चयन

जनपत्रकार संगठन,पाल्पाकाे प्रथम भेला सम्पन्न

चैत २०, पाल्पा ।जनपत्रकार संगठन,पाल्पाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । अाज तानसेनमा सम्पन्न उक्त भेलाले सात सदस्यीय कमिटी निर्माण गरेको छ ।

उक्त भेलाबाट संयाेजकमा किश्मा खड्का सदस्यहरु रुपा सेन,कविता सारु,साेभा सारु लगायत रहनु भएको छ ।

उक्त भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी,पाल्पा जिल्ला ईन्चार्ज प्रविण,सेक्रेटरी प्रभात लगायतका नेतृत्वको उपस्थिति रहेको थियो । श्रमजीवी,प्रगतिशील,पेशागत पत्रकारहरुकाे पक्षमा निस्पक्ष वकालत गर्दै संघर्ष गर्ने निर्यण पनि गरेको छ ।

अासन्न नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनमा जनपत्रकार संगठन,नेपाल एलायन्स भएको कार्यक्रममा सक्रियता पुर्वक सहभागी र प्रचारप्रसार गर्ने निर्यण समेत गरेको छ ।