Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
जनपत्रकार संगठन नेपाल सल्यानद्धारा सुनारको निधनप्रति श्रद्धाञ्जली - Janabato

जनपत्रकार संगठन नेपाल सल्यानद्धारा सुनारको निधनप्रति श्रद्धाञ्जली

५३ वर्षिय गोवधर्न सुनारको निधन

जनपत्रकार संगठन नेपाल सल्यानद्धारा सुनारको निधनप्रति श्रद्धाञ्जली

कोटमौला : जनपत्रकार संगठन नेपाल, सल्यालनले संगठनका जिल्ला सदस्य तथा नेपाल पत्रकार महासंघका साधारण सदस्य खेमराज स्वर्णकारका बुबा सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं. ८ कोटमौला निवासी ५३ वर्षिय गोवधर्न सुनारको निधनले मर्माहत तुल्याएको बताएको छ ।

जनपत्रकार संगठन नेपाल सल्यान जिल्लाका सचिव खकेन्द्र केसी र अध्यक्ष योगराज विश्वकर्माले शुक्रवार एक विज्ञप्ति जारी गरि सुनारको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

सुनारको चैत्र १९ गते साँझ ७ः३० मा दुखद् निधन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।