तम्घास : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गुल्मीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शुक्रवार तम्घासमा सम्पन्न भेलाले विकल्प खत्रीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द विकले वर्तमान शिक्षा प्रणालीका कारण विद्यार्थीहरु विदेशिन बाध्य भएको बताए । उनले वर्तमान संसदीय व्यवस्था रहेसम्म शिक्षा प्रणालीमा कुनै सुधार आउन नसक्ने बताए । विकले वर्तमान शिक्षा प्रणालि राष्ट्रको हित विपरीत, जनभावना विपरीत, पाठ्यक्रम विपरीत भएको भन्दै सम्पूर्ण देशभक्त क्रान्तिकारी विद्यार्थीहरूलाई एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संघर्ष गर्न अपिल गरे । उनले अहिलेको शिक्षालाई उत्पादन प्रणालीसंग जोडेर आत्मनिर्भर बनाउन आग्रह गर्दै असमान शिक्षा प्रणालीबाट समान स्तरमा प्रतिस्पर्धा गर्न नसकिने र युवा विद्यार्थीहरुलाई एकीकृत जनक्रान्तिमा समाहित गराउँदै व्यक्ति, समाज र देशलाई स्वाधीन, आत्मनिर्भर बनाउनेतर्फ आफूहरु लागिरहेको बताए ।
नेकपा गुल्मी जिल्ला सेक्रेटरी माहुरीले अहिले नेपालमा दुई प्रकारको शिक्षा नीति रहेकोले समान शिक्षा बनाउनका लागि सरकार नै उदासिन रहेको र शिक्षा नाफामुलक नभई सेवामुलक हुनुपर्ने बताए ।
अखिल (क्रान्तिकारी) गुल्मीका निवर्तमान अध्यक्ष नवीन खड्का, दलित मुक्ति मोेर्चाका जिल्ला अध्यक्ष वसन्त गैरे लगायतले कार्यक्रम सफलताको शुभकामना व्यत गरेका थिए । कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य अनिल नेपाली, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य विनोद पोख्रेल, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष तारा बस्नेत लगायतको उपस्थिती रहेको थियोे ।
कार्यक्रम नेता बाबुराम नेपालीको सञ्चालन, नेता राज खड्काको स्वागत मन्तव्यमा सम्पन्न भएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्