Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अखिल (क्रान्तिकारी) मकवानपुरद्धारा शुल्क वृद्धि खारेजको माग - Janabato

अखिल (क्रान्तिकारी) मकवानपुरद्धारा शुल्क वृद्धि खारेजको माग

मकवानपुर बहुमुखी क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र

अखिल (क्रान्तिकारी) मकवानपुरद्धारा शुल्क वृद्धि खारेजको माग

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले शुल्क वृद्धि सम्बन्धि क्याम्पसले गरेको निर्णय तत्काल फिर्ता गर्नुका साथै अन्य मागहरु सहित मकवानपुर बहुमुखी क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

विद्यार्थी र अभिभावकको ढाड सेकिने गरी क्याम्पसले लकडाउनको समयमा पनि अनलाइन कक्षा सञ्चालन गरेको नाममा एक महिनाको पनि विद्यार्थीलाई छुट नदिइकन मासिक शुल्क लिएको र हालै +२ तथा ब्याचलर प्रथम वर्षदेखि लागु हुने गरी भर्ना र मासिक शुल्क वृद्धि गराएको विषयप्रति संगठनले घोर आपत्ति जनाएको छ । उक्त विषयलाई मध्यनजर गर्दै निःशुल्क पढ्न पाउने विद्यार्थीहरूको हक, हित र अधिकारको सुनिश्चितताको लागि विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले क्याम्पस प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएको हो । साथै पुस्तकालयमा पर्याप्त पुस्तकको व्यवस्था गर्न, शुद्ध खानेपानी व्यवस्थापन गर्न, शौचालय तथा क्याम्पस परिसर सरसफाइमा ध्यान पुर्याउन र क्याम्पस परिसरभित्र देखिएका विकृति, विसंगतिको समयमै नियन्त्रण गर्न समेत संगठनले माग गरेको छ ।

सुर्य बहादुर गोलेको संयोजकत्वमा बुझाएको उक्त पत्र सुबास तामाङले वाचन गरी सहायक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरिएको बताइएको छ ।