नेकपा केन्द्रीय सदस्य वीरजङ्ग अस्पताल भर्ना

मुक्ति गैरे । बुटवल । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द ‘वीरजङ्ग’ हस्पिटल भर्ना हुनु भएको छ । पार्टी प्रतिबन्ध लागेसँगै दाङबाट पक्राउ पर्नु भएका चन्द्रबहादुर चन्द लामो समय जेल र हिरासत बसेकाले स्वास्थ अवस्था बिग्रिएकाले पछिल्लो समय विभिन्न रोगको सिकार हुनुहुन्छ ।

राजनीति प्रतिकुलतासंगै लामोसमयसम्म जेलमा रहि रिहाई भए पश्चात् बिरामी परि उपचारको क्रममा गएराति देखि सिबिल हस्पिटल बानेश्वरमा उपचारका लागि भर्ना गरिएको जनबाटोमा प्राप्त समाचारमा बताइएको छ ।