मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्लाका विभिन्न क्षेत्रमा भइरहेका विकृति, विसंगती र प्राकृतिक स्रोत साधन माथिको दोहन रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
नेकपा मकवानपुरका सेक्रेटरी उदिपले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै समाजमा बढिरहेको भ्रष्टाचार, कालोबजारी, महंगी, घुसखोरी, कमीसन, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, अवैध रुपमा गरिएको प्राकृतिक स्रोत साधन माथिको दोहन, गिट्टी बालुवा उत्खनन लगायतका कार्यहरु तत्काल बन्द गरी जनतालाई दुःख नदिन भनेका छन् ।
उनले विज्ञप्तिमा निजी स्वार्थलाई पूरा गर्न विभिन्न किसिमका विकृति, विसंगती फैलाउँदै समाजलाई अधोगतितिर धकेल्ने कार्यमा केही दलाल पुँजीवादी सोच भएका तत्वहरू सक्रिय रहेको हुँदा त्यसबाट सचेत भई समयमै पार्टीलाई जानकारी गराउन आम मकवानपुर बासीलाई अनुरोध समेत गरेका छन् । विज्ञप्तिमा भ्रष्टाचार, कालोबजारी, महंगीका साथै अवैध रुपमा गरिएको प्राकृतिक स्रोत साधन माथिको दोहन तत्काल नरोके पार्टीले जनकारवाही गर्ने कडा चेतावनी समेत दिएका छन् ।
सम्बन्धित खवर
कोरोना संक्रमित अझै बढ्न सक्ने चेतावनी
अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा विरोध प्रदर्शन
ट्याक्टरबाट खसेर सहचालककाे मृत्यु
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्