तानसेनको जनता माध्यमिक विद्यालयमा व्यापक संगठन विस्तार 

संगठनको जिल्ला सम्मेलन चैत ३१ गते हुने

तानसेनको जनता माध्यमिक विद्यालयमा व्यापक संगठन विस्तार 

पाल्पा : अखिल (क्रान्तिकारी) पाल्पाले तानसेन पाल्पा स्थित जनता नमुना माध्यमिक विद्यालयमा शुक्रवार व्यापक संगठन विस्तार गरेको छ । 

संगठन विस्तारको क्रममा व्यवस्थापन संकाय तर्फ कक्षा ११ ‘ए’ मा रोमन कुमालको अध्यक्षतामा ७ सदस्यीय , ११ ‘बि’ मा सर्मिला थापाको अध्यक्षतामा १७ सदस्यीय, व्यवस्थापन संकाय तर्फ नै कक्षा १२ मा पुनम भण्डारीको अध्यक्षतामा ९ सदस्यीय र विज्ञान संकाय तर्फ कक्षा ११ ‘ए’ मा रोमन पाण्डेको अध्यक्षतामा ११ सदस्यीय, कक्षा ११ ‘बि’ मा दीपेन्द्र पाण्डेको अध्यक्षतामा २३ सदस्यीय र कक्षा १२ मा आकाश विकको अध्यक्षतामा ७ सदस्यीय कमिति गठन गरेको संगठनका जिल्ला अध्यक्ष लंक रानाले बताए । 

संगठनको जिल्ला सम्मेलन चैत ३१ गते हुने बताइएको छ ।