मंसिर २० । नेकपा कपिलवस्तुका कार्यकर्ता गशेण थारुलाई प्रहरीले पक्राउ गरेको छ । थारुलाई सुराकीको आधारमा कपिलवस्तु प्रहरीले पक्राउ गरेको बताइएको छ ।
कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार शिवराज २ हल्लानगरस्थित सुनमाया घर्ती मगरको घरमा सामान्य अवस्थामा रहेको अवस्थामा शनिबार दिउँसो ३ बजे थारुलाई पक्राउ गरिएको हो ।
मंसिर ७ र ८ गते कपिलवस्तुको शिवगढी र शिवराज गाउँका वस्तीहरुमा प्रहरीले खानतलासी, धरपकड गरेको थियो । उक्त घटनाको विरुद्ध नेकपा कपिलवस्तुले प्रेस वक्तव्य निकाली भत्र्सना गरेको थियो भने शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकाबाट बिष्णु बेल्बासेलाई प्रहरीले पक्राउ गरेको थियो ।
Tags :
सम्बन्धित खवर
नेकपा गोदावरी नगर समितिद्धारा बेसाहरा महिलालाई सहयोग
५ वर्ष अगाडि
अब मोबाइल एप मार्फत् घरघरमै सवारी सेवा
५ वर्ष अगाडि
युवा संगठन नेपाल अर्घाखाँचीको चौथो भेला
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्