Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
सन्धिखर्कको रिठे खोलामा पुलको उद्घाटन - Janabato

सन्धिखर्कको रिठे खोलामा पुलको उद्घाटन

निर्माणका योजनाहरु गुणस्तरीय बनाउन सबै लाग्नुपर्ने

सन्धिखर्कको रिठे खोलामा पुलको उद्घाटन

सन्धिखर्क २० मंसिर । सन्धिखर्क नगरपालिका वडा नम्वर ३, ४ र ६ लाई जोड्ने गरी रिठेखोलामा पुल निर्माण भएको छ ।  ३ वटा वडाका स्थानीयहरुलाई लक्षित गरी निर्माण गरिएको  पुलको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्धाटन गर्नु भएको छ । 

उद्घाटन समारोहमा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले विकास निर्माणका योजनाहरु गुणस्तरीय बनाउन सबै लाग्नुपर्ने बताउनु भयो ।

सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले उपभोक्ता समिति तथा गैर सरकारी सस्थाहरुले निर्माण गर्ने काम पारदर्शी तबरले सम्पन्न गर्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता लिलाराम गौतम, वडा नम्वर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, ग्रामीण तथा स्वास्थ्य विकास केन्द्रका अध्यक्ष ठाकुर प्रसाद अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका कार्यपालिका सदस्य मानवहादुर सुनार, वडा सदस्यहरु शिवमाया आचार्य, हुमलाल श्रेष्ठ, लोचनादेवी सुनार पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला सहसचिव अनिल नेपाली लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम रिठेखोला ट्रस पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाको अध्यक्षता र पदम भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।