धौलागिरीमा नेकपाको राजनीतिक प्रशिक्षण

नेकपाको राजनीतिक प्रशिक्षणले नेता कार्यकर्तामा उत्साह

धौलागिरीमा नेकपाको राजनीतिक प्रशिक्षण

२० मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी धौलागिरी ब्यूरोको ३ नम्बर जिल्ला अन्तर्गत ईलाका नम्बर १ को राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

३ नम्बर जिल्ला इन्चार्ज बिजय प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमको अध्यक्षता सुचनाले गर्नुभएको थियो भने संचालन जिल्ला सदस्य बिद्रोहीले गर्नुभएको थियो ।

ईलाका नम्बर १ भित्रका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला इन्चार्ज बिजय र सेक्रेटरी रमणसिङले पार्टीको कार्यदिशा, वामपन्थी पार्टीहरुसँगको सम्भावित पार्टी एकता, २२ दलीय मोर्चाको गठनका साथै नेतृत्वको इमानदारिता र कार्यकर्ता अनि आम नेपाली जनताको तर्फबाट खेल्नुपर्ने भुमिकाको बारे र वर्तमान समसामयिक बिषयबारेमा प्रशिक्षणमुलूक मन्तव्य राख्नुभएको उक्त पार्टी निकट स्रोतले जानकारी दिएको छ । नेकपाको राजनीतिक प्रशिक्षणले नेता कार्यकर्तामा उत्साह थपेको बताइएको छ ।