२० मंसिर, बुटवल । नेकपा माओवादी केन्द्रले प्रतिबन्धित नेकपासित एकता गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको निर्णयबारे जानकारी गराउदै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वमन्त्री गोपाल किरातीले भने, ‘हाम्रो केन्द्रीय कमिटीको बैठकले उहाँहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको छ’ किरातीले भने, ‘अबको केही महिनाभित्र एकता प्रक्रिया टुंगिएला ।’
पार्टी एकताका लागि आफूहरुले पठाएको पत्रको जवाफ पनि प्राप्त भइसकेको किरातीले दावी गरेका छन् । प्रतिबन्धित नेकपासित एकता गर्ने पार्टीले निर्णय गरेपछि आफ्नो पार्टीका केही नेताहरु डराएर हिँडेको र अलग्गै समूह बनाएको किरातीले सुनाए ।
तर प्रतिबन्धित नेकपाले भने तत्काल कसैसित एकता सम्भव नभएको बताएको थियो । नेकपाले साझा मुद्दामा संयुक्त मोर्चा बनाएर सत्ता र सरकार विरुद्ध संयुक्त संघर्ष गर्ने बताएको थियो । त्यही योजना अनुसार २२ राजनीतिक संगठनले संयुक्त संघर्ष समेत गर्दै आएको छ । केही दिन अगाडी केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पनि किरातीले नेकपासित एकता गर्ने बताएका थिए ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्