नेकपाका नेताद्धय सिंह र आलेलाई अदालतभित्रैबाट पुनः पक्राउ

प्रहरीद्धारा सम्मानित अदालतको अवहेलना

नेकपाका नेताद्धय सिंह र आलेलाई अदालतभित्रैबाट पुनः पक्राउ


मङ्सिर ३०, बुटवल । नेपाल कम्युनिस्ट पार्टी पाल्पाका इन्चार्ज पूर्णबहादुर सिंह र मगर मुक्ति मोर्चाका नेता मीनबहादुर आलेलाई मंगलबार रुपन्देही जिल्ला अदालतबाट प्रहरीले पुनः पक्राउ गरेको छ । 

मंगलबार अदालतले साधारण तारेखमा रिहा गरेपनि प्रहरीले अदालतभित्रैबाट नेताद्धयलाई गिरफ्तार गरेको हो । प्रहरीले अदालत परिसरभित्रैबाट पुनः पक्राउ गरेपछि अदालतको निर्णय र मर्यादालाई समेत प्रहरीले उलङ्घन गरेको छ । रुपन्देही जिल्ला अदालतका न्यायधीस कमल ज्ञवालीले नेता सिंह र आले निर्दोष रहेको र उनीहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पुनः पक्राउ गरी सम्मानित अदालतको अवहेलना समेत गरेको छ । प्रहरीले नेताद्धयलाई दुव्र्यवहार गर्दै अदालतको फैसला विपरित पुनः पक्राउ गरेको हो ।

सिंह र आलेको तर्फबाट अधिवक्ता ज्ञानु केसी र कृष्णप्रसाद पोखरेलले बहस गरेका थिए । सिंह र आलेलाई पुनः पक्राउ परेपछि पाल्पा लगेको बताइएको छ । उनीहरुलाई प्रहरीले पार्टी संगठनको कामको सिलसिलामा सामान्य अवस्थामा रहेको बेला मंसिर ४ गते बुटवलबाट पक्राउ गरेको थियो । पक्राउ गरेसँगै नेताद्धयलाई विस्फोट सम्बन्धी कसुरमा प्रहरीले मुद्धा लगाएको थियो । 

उनीहरुको पक्राउसँगै नेकपा केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज भीमले नेता सिंह र आलेलाई प्रहरीले लगाएको झुठा मुद्दा खारेज हुनुपर्ने भन्दै उनीहरुलाई तत्काल रिहा नगरे दलाल राज्यसत्ता विरुद्ध सम्झौताहिन संघर्ष गर्ने बताएका थिए ।