दमौलीः नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) तनहुँ जिल्लाको २३ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रवार दमौलिमा सम्पन्न भएको सम्मेलनले पदम विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा अस्मिता कोइराला र प्रवीण थापा सचिवमा शिव सदाशंकर, सहसचिवमा आदित्य ढुङ्गाना र राजेन्द्र गिरि र कोषाध्यक्षमा सरिता विकलाई चयन गरेको छ ।
सम्मेलनका प्रमुख अतिथी तथा अखिल (क्रान्तिकारी )का केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईले व्यवहारिक तथा निःशुल्क शिक्षाका लागि लामो समय देखि निरन्तर संघर्ष गर्दै आइरहेको र वैज्ञानिक समाजवादि शिक्षा र वैज्ञानिक समाजवादि व्यवस्थाका लागि संघर्ष गरेको तथा निरन्तर आन्दोलन गरिहेको बताए । उनले विद्यार्थी र विद्यार्थी आन्दोलनले विश्वमा ठूला ठूला तानाशाह र निरंकुश व्यवस्थालाई घुडाँ टेकाएको बताउँदै नेपालमा पनि दलाल संसदीय व्यवस्था परिवर्तन गरि वैज्ञानिक समाजवादि व्यवस्था ल्याउन विद्यार्थीको अहम् भुमिका हुने बताए ।
सम्मेलनमा नेकपाका गण्डक ब्युरो कार्यालय सचिव रुपेश विशिष्ट अतिथी, नेकपा तनहुँ जिल्ला इन्चार्ज निशान्त, अखिल(क्रान्तिकारी) गण्डक ब्युरो संयोजक अटल अतिथी रहेका थिए ।
प्रतिक्रिया राख्नुहोस्