नेकपा कञ्चनपुरद्धारा बिसु जनसांस्कृतिक परिवारलाई स्वागत 

विशेष टिमलाई विदाई

नेकपा कञ्चनपुरद्धारा बिसु जनसांस्कृतिक परिवारलाई स्वागत 

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टीे कञ्चनपुरले विशेष टिमलाई विदाई तथा बिसु जनसांस्कृतिक परिवारलाई स्वागत गरेको छ । विगत केही समय अगाडि देखि विशेष टीम पार्टीका विभिन्न आमसभा, जनजागरण अभियान, जनश्रमदान लगायतका विभिन्न रचनात्मक कामहरूमा सहभागी रहेर नेतृत्व पंक्तीसंग नियमित सहकार्य मै रहेको कुरा पार्टी इन्चार्ज क.जीवनले जानकारी दिए । 

सोमबार शुक्लाफाँटामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा उक्त कार्यक्रमका प्रमुख अतिथि ओम प्रकाश पुनले पाटीर्को नीति, विधि, सिद्धान्त मानेर सबै नेता कार्यकर्ताहरू आ– आफ्नो तह र तप्काबाट जिम्मेवार, गम्भीर भएर क्रान्ति र आन्दोलनप्रति बफादार हुनुपर्ने बताए । उनले शान्तिपूर्ण राजनीतिमा आए देखि पार्टी पंक्तिबाट तिब्र रुपमा आफ्ना गतिविधिलाई जनतामाझ पुर्याउन सम्पूर्ण कमरेडहरू लाग्नु भएको र अभियान देशै भरि चलेको बताए । उनले सम्पूर्ण आमजनसमुदायलाई कतै पनि विचलित नहुन आग्रह गर्दै फेरि एकचोटि न्यायको लागि लड्न आवश्यक भएको र त्यो आकांक्षा पार्टीले ल्याएको एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत् पूरा हुने बताए । 

उक्त कार्यक्रममा जिल्ला पार्टी इन्चार्ज रमेश नेपाली ‘जीवन’, ब्युरो सदस्य क.आजाद, ब्युरो सदस्य कमल विक, राष्ट्रिय समाजवादी मञ्चका अध्यक्ष देवी दत्त पाण्डे, सेम जबस इन्चार्ज दल बहादुर धामी लगायत नेताहरूको उपस्थिति रहेको थियो ।