अखिल (क्रान्तिकारी) गोरखाको अध्यक्षमा परियार 

गगन परियार ‘असल’को अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिती निर्वाचित

अखिल (क्रान्तिकारी) गोरखाको अध्यक्षमा परियार 

गोरखा : नेपाल कम्युनिस्ट पार्टीका निकट अखिल (क्रान्तिकारी) गोरखाको २३ औं जिल्ला सम्मेलन सम्पनन भएको छ । सम्मेलनले गगन परियार ‘असल’को अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिनेश बोहरा, सचिवमा रोज खिम गुरुङ, सहसचिवमा अनिसा देवकोटा र कोषाध्यक्षमा सबिना परियार निर्वाचित भएका छन् ।

कार्यक्रममा नेकपा केन्द्रिय  सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली  र नीति निर्माण तथा लागू गर्नका लागि वैज्ञानिक समाजवादि व्यवस्था अनिवार्य रहेको बताएका छन् । उनले अहिलेको राज्य व्यवस्थाले निर्माण गरेको शिक्षा नितिले विद्यालय बेरोजगार व्यक्ती उत्पादन गर्ने कारखाना बनेको बताए । उनले व्यवहारिक, रोजगार मुलक, वैज्ञानिक समाजवादी  शिक्षा प्रणालिका लागि संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु पर्ने बताए । उनले अहिलेको दलाल संसदीय व्यवस्थाले युवा तथा विद्यार्थीहरुलाइ प्रयोग मात्रै गरिराखेकोले गलत तरिकाले प्रयोग नहुन र त्यसका विरुद्ध उठ्न सम्पुर्ण विद्यार्थीलाई आग्रग गरे । नेता बास्तोलाले विद्यार्थी अहिले तारा र भविष्यको सुर्य भएको बताउँदै विद्यार्थी राजनीतिमा आउनु पर्ने बताए । 

नेकपा गण्डक ब्युरो इन्चार्ज उमा भुजेलले देश तथा विश्वमा हाल सम्म भएका सबै परिवर्तनमा  सबै भन्दा ठूलो भुमिका विद्यार्थीको रहेको हुनाले यो असफल भइ सकेको संसदीय व्यवस्था परिवर्तन गरि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन पनि युवा विद्यार्थीहरुले नै नेतृत्व लिनुपर्ने बताइन् । उनले अहिले युवा विद्यार्थीहरुमा राजनीति प्रती वितृष्णा बढ्नुका साथै राजनैतिक चेतनामा कमि आएको भन्दै भविष्यमा देशको नेतृत्व कस्ले गर्ला भन्ने बारे चिन्ता समेत व्यक्त गरिन् । 

सम्मेलनमा शुभकामना मन्तव्य राख्दै नेकपाका संयोजक ऋषि राम कट्टेलले  ४० वर्ष देखिको अव्यवहारिक शिक्षा निती परिवर्तन गरि व्यवहारिक शिक्षा प्रणाली र नीति लागू गर्न सबै विद्यार्थी एकजुट हुन आग्रह गरे । 

अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले अहिलेको शिक्षा नीति र प्रणालीले देशमा बेरोजगार बढदै जाने र देश विकासको गतिमा भन्दा अधोगतिमा जाने बताए । त्यसैले देश विकासका लागि व्यवहारिक र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली  र निती लागू गर्नु पर्ने बताए । उनले शिक्षामा निजीकरण र व्यापारिक बढेको भन्दै त्यस्को अन्त्यका लागि सम्पुर्ण विद्यार्थी एकजुट भएर आवाज उठाउन जरुरी भएको बताए । 

सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कंचन’ प्रमुख अतिथि, नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेल, नेकपा गण्डक ब्युरो इन्चार्ज उमा भुजेल शिलु, अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल, नेकपा गोरखा ईन्चार्ज कपिल भट्ट, नेकपा मनाङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाल, नेकपा गोरखा सेक्रेटरी सरल, अखिल (क्रान्तिकारी) गण्डक ब्युरो संयोजक अटल शर्मा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ गण्डक ब्युरो संयोजक माया चेपाङ, किसान महासंघका केन्द्रिय सदस्य विष्णु प्रसाद रिजाल, दलित मोर्चाका जिल्ला संयोजक चिनकाजी रसाइली,  युवा संगठन नेपाल गोरखाका अध्यक्ष डम्बर चेपाङ, महिला संघ गोरखा कि अध्यक्ष निता चेपाङ, अखिल (क्रान्तिकारी) कास्किका अध्यक्ष पुरन पुन अतिथी रहनु भएको थियो । 

जिल्ला सम्मेलन आयोजक समितिका संयोजक गगन परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमकोे संचालन दिनेश बोहराले गरेका थिए ।