अनिल नेपाली । २८ माघ, अर्घाखाँची । केही समय अगाडि जिल्लाका विकट बस्तीमा आवश्यक भन्दा बढी यात्रु बोक्ने जिल्लाका चालक सहचालक लगायत व्यवसायीलाई लाई गाँउगाँउमा टा«फिकले प्रशिक्षण दिन थालेपछि चालक र सहचालक व्यवसायी सर्बसाधरण ट्राफिक नियम प्रति जिम्मेबार बन्न थालेका छन् ।
जिल्लाका विकट बस्तीमा प्रशिक्षण दिन थालेको ट्राफिकले अहिले आएर गाँउ गाँउमा जाने सवारीसाधनका चालक समेत ट्राफिक नियमको बारेमा यात्रुलाई प्रशिक्षण दिन थालेपछि यात्रुमा समेत खुसीयाली देखिन थालेको छ । दैनिक दिनहँु जसो सयौको सङ्ख्यामा गाडी चल्ने गोरसिङे सन्धिखर्क सडक खण्डमा टा«फिक प्रहरीको प्रशिक्षणले सुधार आउन थालेको व्यबयासी चुरा बहादुर केसीले बताउनुभएको छ । ट्राफिक नियमको बारेमा सचेतना गराउने पहलकदमीले गर्दा सबैमा अनुशासन, धैर्यता देखिन थालेको छ ।
सवारी साधन प्रति ज्ञान ट्राफिक सचेतना समेत नहुदाँ आवश्यक भन्दा बढीको गतिमा हिडाल्ने चालकले ट्राफिक ज्ञानले गर्दा अहिले समिति गतिमा गाडी दौडाउन थालेको जिप चालक रामु विकले बताए । ट्राफिक ज्ञानले गर्दा सबैको जीवनशैली फेरिएको सचेतना समेत बढेको उनले बताए । व्यवसायी चालक सहचालकलाई एकै ठाँउमा राखेर दिएको प्रशिक्षणले गर्दा सबैमा सचेतना बढेको सबै जिम्मेवार बनेकोले यस्ता कार्यले सबैलाई फाइदा पुग्ने अर्घाखाँची ट्याक्सी व्यवसायी प्रा.लिका कार्यालय प्रमुख नारायण भुसालले बताए ।
दुर्घटना हुनुभन्दा पहिलो नै सबैलाई सजग बनाउन टा«फिक प्रहरीले जिल्लाका ५ स्थानमा कार्यक्रम गरेको ६५ जना, ट्राफिक नियम प्रति सचेत रहेको कार्यालय प्रमुख प्रविन आचार्यले बताउनुभएको छ । थौरे जनशक्तिमा जिल्लाका विकट विकट बस्तीमा पुगेर ट्राफिक प्रहरीले सचेतना जगाउनु सबैको उपलब्धी भएको प्रहरी हवल्दार नारायण पराजुलीले बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्