साउन ९, बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देही जिल्लाको बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले संगठन विस्तार, राजनीतिक वैचारिक तथा सिर्जनात्मक कामलाई तीव्रता दिने निर्णय गरेको छ ।
बैठकमा बोल्दै नेकपा रुपन्देही सेक्रेटरी विश्वासले सांस्कृतिक क्षेत्रमा वैदेशिक हस्तक्षेप तीब्र भएको भन्दै यसको नियन्त्रणका लागी संघर्ष आवश्यक भएको बताए । महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले दलाल पुँजीवादी संस्कृति विरुद्ध संगठनले चरणबद्ध संघर्ष गर्ने बताए । संग्रामी सांस्कृतिक परिवारका संयोजक आत्माले गीत संगीतको माध्यमबाट वैज्ञानिक समाजवादको पक्षमा परिवारले भूमिका खेल्ने बताए ।
बैठकले असोजसम्म विभिन्न सिर्जनात्मक तथा संघर्षमूलक कार्यक्रमको तय गरेको महासंघकी अध्यक्ष विहानी मगरले बताइन् ।
Tags :
सम्बन्धित खवर
नेकपा अछामद्वारा जनश्रमदान
४ वर्ष अगाडि
अखिल (क्रान्तिकारी) धादिङ निरन्तर संगठन विस्तारमा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्