अनिल थारु । कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय सङ्गठन युवा सङ्गठन नेपाल धानखोला कमिटिको भेला सम्पन्न भएको छ । भेलाले बुद्धीमान तामाङको अध्यक्षतामा ११ सदस्यीय कमिटि निर्माण गरेको छ ।
भेलामा मन्तव्य राख्दै भेलाका प्रमुख अतिथि तथा शिवगढी गाँउ कमिटि इन्चार्ज पावेलले दलाल संसदीय व्यवस्था अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापनाका लागि आबद्ध हुन युवाहरूलाई आग्रह गरे । पावेलले युवाहरू देश विकासका धरोहर भएकाले कुनै पनि व्यक्तिले सामाजिक, राजनीतिक अवस्थालाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न आग्रह गरे । उनले वर्तमान संसदीय व्यवस्थाले देशमा पर्याप्त रोजगार सिर्जना गर्न नसकेको कारण लाखौं युवाहरू विदेशिन बाध्य भएको बताए । उनले विदेशबाट दैनिक ५ देखि १० वटा शव नेपाल आउने गरेको भन्दै दुख व्यक्त गरे । पावेलले वर्तमान दलाल संसदीय व्यवस्था खारेज गरि वैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरुले सङ्घर्ष गर्नुको विकल्प नरहेको बताए ।
शनिवार सम्पन्न भेलामा ४० जना युवाहरुको सहभागिता रहेको बताइएको छ ।
सम्बन्धित खवर
तिलोत्तमाका सडक/चोकमा निःशुल्क कोरोना परीक्षण
सिसिआईले माइक्रोसफ्ट वल्ड च्याम्पियनसीप गर्दै
नेकपा बाँकेद्वारा कोहलपुरमा रक्तदान
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्