कोहलपुर । नेपाल कम्युनिस्ट पार्टी बाँकेले शनिबार नेपालगन्ज मेडिकल कलेज नजिक दशबिगाहमा रहेको रक्तसन्चार केन्द्र बाँके शाखा कार्यालय कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोरोना महामारीले पछिल्लो समय जिल्लामा भएको रगतको चरम अभावलाई मध्यनगर गर्दै ‘वैज्ञानिक समाजवादका लागी स्वयंसेवक अभियान’ अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा बाँकेले जनाएको छ ।
जिल्लामा बिरामीहरूलाई रगत अभाव भएको जानकारी रेडक्रसले गरेपछी रक्तदान कार्यक्रमको आयोजना गरिएको उक्त पार्टीका बाँकेका जिल्ला सेक्रेटरी अनिलले जानकारी दिए । आफ्नो पार्टीले विगतदेखि नै जनसेवाका कामहरू निरन्तर गर्दै आइरहेको र आगामी दिनहरूमा पनी अभियानात्मक रूपमा निरन्तर सेवामुलक कामहरू गर्दै जाने उनले जानकारी दिए ।
रक्तान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सरकारसँगको वार्ता टोली सदस्य, हाल बाँके बर्दिया जिल्ला इन्चार्ज समेत रहेका उदय बहादुर चलाउने ‘दिपक’, बाँके जिल्ला सेक्रेटरी अनिल, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रेम बहादुर शाही, युवा संगठन नेपालका केन्द्रीय सदस्य बिष्णु जिसी, अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डिबी शाही, अनेमसंघ क्रान्तिकारी जिल्ला अध्यक्ष कल्पना रोकाय, युवा संगठन नेपाल जिल्ला अध्यक्ष दिपक बुढाथोकी लगायतका नेता–कार्यकर्ता तथा समर्थक शुभचिन्तकको सहभागीता रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको रक्तसन्चार केन्द्र बाँके अन्तर्गतको कोहलपुर शाखा प्रमुख राजेन्द्र महतराले जानकारी दिए । पछिल्लो समय रक्तसञ्चार केन्द्रमा भएको रगतको चरम अभाव भएको समयमा नेकपाले आयोजना गरेको रक्तदान कार्यक्रमले ठुलो राहत प्रदान गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया राख्नुहोस्