'परिस्थिति बदलिँदा कम्युनिस्टहरु शान्तिदूत बन्छन्' : विप्लव

नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्छ

'परिस्थिति बदलिँदा कम्युनिस्टहरु शान्तिदूत बन्छन्' : विप्लव

फागुन २२, बुटवल । सरकार र नेपाल कम्युनिस्ट पार्टीको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले सरकारसँग सहमतिमा आएपछि परिस्थिति बदलिएको संकेत गरेका उनले भने, ‘कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, जब परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन् ।’

सरकारसँग भएको सहमतिप्रति कार्यान्वयन गर्नेमा विशेष जोड दिएका विप्लवले आफ्नो माग पूरा हुने वातावरण बनाउन पनि माग गरे । ‘आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्छ, हामी त्यसका लागि तयार छौं’, उनले भने ।

जनताले कहिल्यै स्वतन्त्रतापूवर्क ‘स्टेप’ चाल्न नपाएको र कहिलेकाहीँ राज्य–सरकारले चाल्न खोज्दा पनि नहुने परिस्थिति रहेको उनले बताए ।

विप्लवले भने, ‘हाम्रो अहिले पनि भनाइ छ, नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेताहरुलाई, पार्टीहरुलाई र जनतालाई आफ्नो जीवनमाथि आफैं हावी भएको/नेतृत्व गरिरहेको अनुभूति भएको छैन । हरेक घटनाक्रममा एउटा ठूलो तरंग नेपाली जनताको बीचमा छ, अहिले पनि छ ।’