फागुन १५, बुटवल । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार नेकपा मकवानपुरले सहिद सप्ताह कार्यक्रमको उद्धाटन गर्नुका साथै बागमती गाउँपालिकामा ९ सदस्यीय कार्य समिति पनि गठन गरेको छ।
तत्कालीन समयमा माओवादीले वि।सं २०५२ फागुन १ गते जनयुद्दको घोषणा गरे लगत्तै फागुन १४ गते जनयुद्धका प्रथम शहीदको रुपमा दिल बहादुर रम्तेलले सहादत प्राप्त गरे भने फागुन २१ गते तत्कालीन झापा विद्रोहमा विभिन्न छ सहिदहरूले सहादत प्राप्त गरेका थिए। यही एतिहासिक दिनलाई आधार मानेर फागुन १४ देखि द्दज्ञ गतेको दिनलाई सहिद सप्ताहको रूपमा मनाउँदै आएको छ।
यही महतत्वपूर्ण दिनलाई मध्यनजर गर्दै फागुन १४ गते नेकपा मकवानपुरले जिल्लाको पूर्वी भुभाग बागमती गाउँपालिकामा सहिद सप्ताह कार्यक्रमको उदघाटन गरेको छ।
उक्त कार्यक्रमको सम्बोधन नेकपा मकवानपुरका जिल्ला इन्चार्ज क. जमिनले गरेका थिए। सम्बोधनका क्रममा उहाँले भन्नुभो की हिजो सुखी नेपाली, समृद्ध नेपालको उज्ज्वल भविष्यको सपना बोकी देश र जनताका लागि सयौं, हजारौं कमरेडहरुले युद्धको रणमैदानमा रगत बगाएका थिए, आफ्नो ज्यानको बाजी थापेका थिए, बलिदान दिएका थिए। आज ती योद्धाहरूको रगतको मूल्य चुकाउने जिम्मा, सहिदहरुको अधुरो सपनालाई साकार बनाउने अभिभारा तपाईं हाम्रै काधमा आएको छ। यसका लागि आम नेपाली एकजुट हुँदै, गोलबन्द हुँदै एकिकृत जनक्रान्तिको मार्गमा अघि बढ्न र दलाल संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने महान कार्यमा जुट्न आव्हान गरेका छन्।
त्यस्तैगरी महान जनयुद्ध र एकिकृत जनक्रान्तिमा सहिद हुनुभएका कमरेडहरुको सम्मानका साथ सम्बन्धित सहिद परिवारसँग भेट्घाट गर्ने, निराशाको आँधीले मडारिएको अनुहारमा नवीन आशाको विजारोपण गरी क्रान्तिमा पुनः प्रेरित गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा अग्रसर गराउने र सप्ताहको अन्तिम दिन सहिद परिवारलाई सम्मान गरी सहिद सप्ताह मनाउने तयारी गरेको कुरा समेत जानकारी गराएका छन्।
सहिद सप्ताहको समुद्घाटन कार्यक्रमकै बीच बागमती गाउँपालिकामा ९ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ भने यस कार्यसमितिको नेतृत्व क. लीलाले गर्ने भएको छ। बागमती गाउँपालिका सँगै मकवानपुर जिल्ला र समग्र पार्टीलाई मजबूत बनाउँदै लाने काममा नवगठित कार्य समितिले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा र विश्वासका साथ उक्त कार्य समितिलाई नेकपा मकवानपुरका तर्फबाट जिल्ला इन्चार्ज क. जमिनले बधाई तथा कार्य सफलताको शुभकामना समेत दिएका छन्।
प्रतिक्रिया राख्नुहोस्