ठूलो लुम्पेकमा ई–रिक्सा दुर्घटना, एक जनाको मृत्यु 

२८ बर्षिया तारा राहादी मगरको घटनास्थलमै मृत्यु

ठूलो लुम्पेकमा ई–रिक्सा दुर्घटना, एक जनाको मृत्यु 

अर्जुन तरामु / गुल्मी : गुल्मीको सत्यवती गाउँपालिका –३, ठूलो लुम्पेकमा लु. २ स. ००९९ नम्बरको ई–रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु र एक बच्चासहित चार जनाको गम्भिर घाइते भएको बताइएको छ । घाइतेको अवस्था गम्भिर भएकाले उपचारको लागि पाल्पा ल्याइएको वडा जनप्रतिनिधि अर्जुन तरामुले बताए । 

बुधबार गुल्मीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थल सत्यवतीको अवलोकन गरेर फर्कने क्रममा करिब दिउँसो १ः३० बजे क्वाङखोलामा उक्त घटना भएको र स्थानीय २८ बर्षिया तारा राहादी मगरको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घाइतेहरूमा सङ्गीता राहादी मगर वर्ष ३९, मिना राहादी मगर वर्ष ३०, बबिता तरामु मगर वर्ष २५, गिल्सेन तरामु मगर वर्ष २ रहेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय, गुल्मीको समूहले घटनास्थलमा थप अनुसन्धान गरिरहेको जिप्रका गुल्मीका सूचना अधिकारी पुरुर्षोतम प्रसाद पाण्डेले बताएका छन् ।

ई–रिक्सा चालक फरार रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।