माघ २१, बुटवल । नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)राप्ती क्षेत्रीय समन्वय समितिले आम शैक्षिक हड्ताल सहितको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
संगठनका रुकुम पश्चिम जिल्ला अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सह–सचिव सहित अन्य व्यक्तिलाई पक्राउ गरेको भन्दै क्षेत्रीय समन्वय समितिका संयोजक दीपक विष्टद्धारा जारी वक्तव्यमा संगठनले उनीहरुको रिहाईको माग गर्दै पाँच दिने संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
संघर्षको कार्यक्रम अनुसार माघ २२ गते राप्तीका सबै जिल्लामा प्रचार प्रसार, २३ गते सबै जिल्लामा विरोध प्रदर्शन, २४ गते सबै जिल्लामा कोण सभा, २५ गते सबै जिल्लामा मशाल जुलुस र माघ २६ गते राप्तीका सबै जिल्लामा आम शैक्षिक हड्ताल गर्ने संगठनले विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।
संयोजक बिष्टले विज्ञप्तीमा आफ्नै कोठामा अध्ययन गरिरहेका संगठनका रुकुम पश्चिम अध्यक्ष प्रेमप्रशान्त बोहरा र कोषाध्यक्ष धनबहादुर ओली लगायतलाई पक्राउ गरिएकामा बिरोध र्यालीमा सहभागि हुन सदरमुकाममा आईरहेका बिद्यार्थीहरुलाई बाटोमै रोकेको र सदरमुकामका शैक्षिक संस्थामा सुरक्षा तैनाथि बढाई दमन गरेको बन्दै यसमा संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
यसैक्रममा संगठनका जिल्ला उपाध्यक्ष सोम्पाल कामी र सह–सचिव प्रकाश बिकलाई पक्राउ गरिएको विज्ञप्तीमा उल्लेख छ । संगठनले दमन बन्द गर्न र पक्राउ परेकाहरुलाई बिनाशर्त रिहाईको माग गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्