स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल स्याङ्जाको प्रथम भेला सम्पन्न भएको छ । सोमबार वालिङमा सम्पन्न भेलाले मक्कन गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।
कार्यक्रममा नेकपाका गण्डक ब्युरो प्रमुख रुपेसले नेपालमा संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको भन्दै अब नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने र त्यसको निमित्त नेपालका सम्पूर्ण प्रगतिशील युवाहरुको महत्वपूर्ण भुमिका रहने बताए ।
नेकपा स्याङ्जा जिल्ला इन्चार्ज रुबेल, युवा संगठन गण्डक ब्युरो इन्चार्ज विजय, सेक्रेटरी सागर, सहिद परिवार सदस्य शारदा लगायतले सम्बोधन गरेका थिए ।
मक्कन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुदिप भट्टराई र कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) संयोजक अमृतले गरेका थिए ।
Tags :
सम्बन्धित खवर
आमहड्तालको पुर्वसन्ध्यामा सन्धिखर्कमा मसाल जुलुस
५ वर्ष अगाडि
बन्द भए रूपन्देहीका विभिन्न स्थानका हाटबजार
४ वर्ष अगाडि
पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउन प्रस्ताव
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्