ट्रेड युनियन महासंघ गोरखा जिल्ला समितिको दोस्रो पूर्ण बैठक

रोहितप्रसाद पन्तको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

ट्रेड युनियन महासंघ गोरखा जिल्ला समितिको दोस्रो पूर्ण बैठक

गोरखा । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ गोरखा जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले रोहितप्रसाद पन्तको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । 

बैठकमा नेकपा गोरखा इन्चार्ज कपिल भट्टले मजदुरहरूको अधिकार प्राप्तिका लागि संगठित हुनुपर्ने र ट्रेड युनियन महासंघ नै मजदुरहरूको अधिकारका लागि निरन्तर लड्दै आएको बताए । उनले संसदीय व्यवस्थामा मजदुरहरूको अधिकार प्राप्त नहुने र देशमा औद्योगिकीकरणको सम्भावना नरहेको भन्दै यी सबैखाले समस्याको अग्रगमी समाधान वैज्ञानिक समाजवादी व्यवस्था रहेको बताए । 

कर्यक्रममा नेकपा मनाङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाल, जिल्ला सेक्रेटरी सरल, नेकपा गोरखा नगरपालिका सेक्रेटरी केशवराज भट्टराई, अखिल (क्रान्तिकारी) गोरखा हध्यक्ष गगन परियार, अखिल (क्रान्तिकारी) गोरखा उपाध्यक्ष दिनेश बोहरा लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको बताइएको छ ।

बैठकको सञ्चालन रोहितप्रसाद पन्तले गरेका थिए ।