मुसिकोट । जनपत्रकार संगठन नेपाल रूकुम–पश्चिमको सम्मेलन आयोजक समिति गठन भएको छ । आइतबार रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा सम्पन्न बैठकले गमानसिंह घर्तीको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो ।
कर्यक्रममा नेकपा रूकुम–पश्चिमका इन्चार्ज चन्द्र बुढाले समाजमा शोषित–पीडित र वर्गीय हिसाबले पछाडी पारिएका जनताका दुख र पीडाका पक्षमा जनपक्षीय पत्रकारिता गर्न आग्रह गरे ।
नेकपाका जिल्ला फ्याक्सन इन्चार्ज नरेन्द्र विकले समाज परिवर्तन हुनमा सञ्चारको भूमिका प्रमुख हुने भएकाले समाजमा श्रमशोषण र दमन गर्ने, सार्वजनिक पदधारण गरी कालो धन बटुल्ने पात्र र प्रवृत्ति विरुद्ध कलम चलाउन अनुरोध गरे ।
बैठकले ‘वैज्ञानिक समाजवादका पक्षमा हाम्रो दृढ प्रतिबद्धतटा : विचारसहितका स्वच्छ, निष्पक्ष र पूर्ण व्यवसायिक पत्रकारिता’ नारासहित महान सहिद स्रष्टा कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका दिन मुसिकोटमा जिल्ला सम्मेलन गर्ने, जनपक्षीय पत्रकारिताको सीप विकास गर्ने, क्षमता अभिवृद्धि, आधारभूत तालिम, श्रमजीवी पत्रकार हकहित र अधिकारको कार्यान्वयन, सरोकारवालाको ध्यानाकर्षण गराउने लगायतका निर्णय गरेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्