अनिल नेपाली / अर्घाखाँची : नव वर्ष २०७८ को अवसरमा सन्धिखर्क नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने अभियान सुरु गरेको छ । प्लाष्टिक, रबर, नाइलन, धातु, खाद्य, काठ, सिसा, कागज लगायत फोहोरको वर्गीकरण अनुसार राख्ने अभियान थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
फोहोर व्यवस्थापन गर्न विभिन्न किसिमका चुनौती देखिएपछि अभियान थालिएको हो । दोस्रो चरणमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाभित्र रहेका २८ वटा टोल सुधार समितिका अध्यक्षले त्यसको व्यवस्थापनमा लाग्ने सन्धिखर्क नगरपालिकाले जनाएको छ । कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै गाडीको व्यवस्था गरिएको छ ।
Tags :
सम्बन्धित खवर
सिन्धुपाल्चोकको अवस्था
४ वर्ष अगाडि
कहिले रोकिन्छ कफिनमाथि आँसुको भेल ?
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्