Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अखिल (क्रान्तिकारी) डँडेल्धुराको अध्यक्षमा गणेश बोहोरा - Janabato

अखिल (क्रान्तिकारी) डँडेल्धुराको अध्यक्षमा गणेश बोहोरा

बोहोराको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित

अखिल (क्रान्तिकारी) डँडेल्धुराको अध्यक्षमा गणेश बोहोरा

डँडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) डँडेल्धुराको १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले गणेश बोहोराको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।

कार्यक्रममा अखिल (क्रान्तीकारी) सेती महाकाली ब्युरो संयो वीरेन्द्र शाहले दलाल संसदीय व्यवस्थाले मुलुकको शैक्षिक समस्याको समाधान दिन नसक्ने भएकाले वैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।

नेकपा डँडेल्धुरा जिल्ला इन्चार्ज दौलत बिष्टले सरकारसँग ३ बुँदे सहमति भएपनि कार्यान्वयन गर्नमा सरकारले ढिलाइ गरेको उनले बताए । उनले आफूहरुले संसदीय व्यवस्थालाई स्वीकार नगरेको र अहिलेको राजनितिक संकटको समाधान संसदीय निर्वाचन र सरकार फेर बदलबाट नहुने कुरा उल्लेख गर्दै यसका लागि पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थाबारे जनमत संग्रह गरिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि सेम ब्युरो संयोजक वीरेन्द्र शाह, विशिष्ट अतिथि नेकपा डँडेल्धुरा इन्चार्ज दौलत बिष्ट, अतिथिहरुमा पार्टी जिल्ला सचिव विजय राना, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य बबर जंग सिंह रहेको कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) डँडेल्धुराका भेला आयोजक समिति संयोजक शंकर खातीले गरेको बताइएको छ ।