११ बर्षपछि प्रतिवादी पक्राउ

अभियुक्त ४९ वर्षिय हन्तिलाल कुमाल पक्राउ

११ बर्षपछि प्रतिवादी पक्राउ

अनिल नेपाली / अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५ छत्रगञ्जका दिपक कुमालको हत्या गर्ने अभियुक्त प्रहरीको विशेष सुराकीबाट करिब १० वर्ष ८ महिनापछि पक्राउ परेका छन् । २०६७ भदौ ६ गतेका दिन बिहान ८ बजेर ४५ मिनेट जाँदा हत्या गरी फरार भएका ४९ वर्षिय हन्तिलाल कुमाललाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घरबाटै प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताए । 

हत्या गरेका कुमालले घरेलु हतियार हसिया प्रयोग गरी २०६७ साल भदौ ६ गतेका दिन नै बिहानको ८ बजेर ४५ मिनेट जादाँ छत्रगञ्जको टुनीचौर स्थित खेतमा लाश फेला परेको भन्ने प्रेम कुमालले जाहेरी दिएका थिए । घटना पश्चात् हन्तिलाल कुमाल फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए । उनलाई २०७८ साल बैशाख १० गते छत्रदेव गाउँपालिका वडा नं. ५ मा आफनै निवासमा लुकिछिपि बसेको सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।