सहिद !

-पल रावत

सहिद तिम्रो सपना 
जीउँदै छ, मरेको छैन 
सहिद तिम्रो विचार 
विचलन भएको छैन 
सहिद तिमि मरेका छैनौँ 
अमर भएका छौं ।

सहिद तिम्रो सपना 
हजारौ युवाले देखेका छन्
सहिद तिम्रो विचारमा 
हजारौं युवाहरू उभिएका छन् 
सहिद तिमी मरेका छैनौँ 
हजारौंका मनमनमा बाचेका छौं 
सहिद तिमी हिँडेको बाटो 
हजारौ युवाहरू हिँडेका छन् 
सहिद तिम्रो विचारमा अडिग भई 
युवाहरू अगि बढेका छन् 
सहिद तिम्ले जस्तै बलिदान गर्न 
युवाहरुको ताँती लागेको छ 
सहिद तिम्रो लक्ष्यमा पुग्न 
दलाल संसदीय व्यवस्थामा बन्दुक ताकेको छ ।

सहिद दलालहरु अहिले रोएका छन् 
सहिद तिम्रो विचारमा अडिग भएको 
युवाहरूले थरथरी कमाएका छन् 
सहिद तिमिलाई माया गर्ने जनता 
अहिले रमाएका छन् ।

सामना परिवार