जनपत्रकार संगठन नेपाल अछामको प्रथम भेला 

खेमराज बुढाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित

जनपत्रकार संगठन नेपाल अछामको प्रथम भेला 

गणेश एसके / अछाम । जन पत्रकार संगठन नेपाल अछामको प्रथम भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भेलाले खेमराज बुढाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ  । जसको उपाध्यक्षमा सुरेश रावत, सचिवमा अर्जुन लुहार, सहसचिवमा बिनिता तिरुवा, कोषाध्यक्षमा कमल विक चयन भएका छन् ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता ! मानव अधिकार रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता !!’ भन्ने मूल नारासहित साफेबगर नगरपालिकामा संगठनको प्रथम जिल्ला भेला सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अछाम जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सेनाले कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत जनक्रान्तिको कार्यदिशामा क्रान्तिकारी मिसन पत्रकारिता र जन पक्षीय पत्रकारिताको ठूलो महत्व रहेको र जन पक्षीय पत्रकारहरुले क्रान्ति आन्दोलनमा निर्णायक भूमिका खेल्ने बताए । 

कार्यक्रममा जनपत्रकार संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापा, जिल्ला सचिव निरक शाही लगायत नेताहरूको गरिमामय उपस्थिति रहेको बताइएको छ । स्वागत मन्तव्य सुरेश रावतले राखेका थिए भने कार्यक्रमको संचालन अर्जुन लुहारले गरेका थिए ।